एकैदिन २३५१ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा १०५१ संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय २ हजार २२० जनाको पीसीआर परीक्षण र १३१  एन्टिजेन टेष्ट गर्दा २ हजार ३५१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८९ हजार ७८७ पुगेको छ।

अहिले देशभर १० हजार ५८२ सक्रिय सङ्क्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा १ हजार ५१ जना संक्रमित भेटिएका छन्।

जसमध्ये काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो समय थप २८७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई  लाख ७६ हजार ९३ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। हालसम्म तीन हजार ११२ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 



भारतीय वैज्ञानिकको दाबी : कोरोना भाइरस जाडोभन्दा गर्मी मौसममा तीव्र गतिमा फैलिन्छ

प्रकाशित मिति: : 2021-04-21 16:44:00

प्रतिकृया दिनुहोस्