पोखराका कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन्।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई यही वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमण पुष्टि भएसँगै  कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो।रासस

प्रकाशित मिति: : 2021-04-22 12:33:00

प्रतिकृया दिनुहोस्