एकैदिन २४२८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ। त्यस्तै पछिल्लो समय थप २५२ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई  लाख ७६ हजार ३४५ रहेको छ।

अहिले देशभर १२ हजार ६९० सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ८१ जना क्वारेन्टिनमा रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। हालसम्म तीन हजार ११७ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 



याे पनि...

कोरोनाको नयाँ प्रजातिबाट बालबालिकामा भएको संक्रमण दर खतराको घण्टी हो: प्रा.डा. बिच्छा (भिडियो अन्तर्वार्ता)

रुपैडिया नाका अस्तव्यस्त: कोरोनाबाट बच्न नेपाल फर्कनेको लर्को

प्रकाशित मिति: : 2021-04-22 17:10:00

प्रतिकृया दिनुहोस्