एकैदिन चार हजार ९२८ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो।

कूल सङ्क्रमितमध्ये हाल ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन्। त्यस्तै कूल सङ्क्रमितमध्ये १ हजार ५६१ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन्।

काठमाडौंमा ११ सय २७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जना सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार ३५ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन हजार २४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८८८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। 
 

प्रकाशित मिति: : 2021-04-29 16:57:00

प्रतिकृया दिनुहोस्