थप ५ हजार ७६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १४ हजार ९६९ नमुना परीक्षण गर्दा  ५ हजार ७६३ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको छ। त्यस्तै पछिल्लो समय थप १२८७ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ रहेको छ।

अहिले देशभर ४३ हजार २१३ सक्रिय सङ्क्रमित छन्।  त्यस्तै पछिल्लो समय कोरोनाका कारण १९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण तीन हजार २९८  जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-05-01 16:50:00

प्रतिकृया दिनुहोस्