कंगनाले यसकारण नकारेकी थिइन् ‘द डर्टी पिक्चर’

Hindustan Times
Hindustan Times

बलिउड अभिनेत्री कंगना रनावतले सुपरहिट फिल्म ‘द डर्टी पिक्चर’ लाई लिएर ठूलो खुलासा गरेकी छन्। 

हालै एक अन्तर्वार्तामा उनले यो फिल्ममा एक एडल्ट स्टार सिल्कको भूमिका अभिनेत्री विद्या बालनभन्दा पहिला आफूलाई प्रस्ताव आएको तर समय व्यस्तताका कारण काम गर्न नसकेको बताएकी छन्। तर, सो फिल्म नगरेकोमा आफूलाई अपसोस नभएको उनको भनाइ छ। 

उनले भनेकी छन्, ‘म सधैं भन्छु कि ‘द डर्टी पिक्चर’ एकदमै राम्रो फिल्म थियो। मैले विद्या बालनभन्दा राम्रोसँग त्यो चरित्र निर्वाह गर्नै सक्दिन थिएँ। फिल्ममा उनको अभिनय अद्भुत थियो। तर, मैले फिल्ममा पोटेन्सियल देखिनँ। फिल्ममा मैले सम्भावना देख्न नसकेको कुनै अपसोस छैन।’ 

कंगना अगाडि भन्छिन्, ‘मैले कहिल्यै राजकुमार हिरानी, सञ्जय लीला भंसाली, धर्मा प्रोडक्शन, वाईआरएफ वा अन्य खान फिल्म्समध्ये कसैको कन्वेन्शनल फिल्म गरिनँ। तर पनि आज म बलिउडको टप लिडिङ एक्ट्रेस हुँ, जसले आफ्नै मिहिनेतले नाम कमाएको हो।’ ‘ग्यांगस्टार’ बाट डेब्यू गरेकी कंगनाले हालै बलिउड इन्डस्ट्री गरेको १५ वर्ष पूरा भएको छ।  

 

प्रकाशित मिति: : 2021-05-02 21:36:00

प्रतिकृया दिनुहोस्