
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको आज (शुक्रबार) हुने सभालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। दिउँसो राजधानीकाे नारायणहिटी दरबार अगाडी हुने सभालाई मध्य नजर गरेर प्रहरीले उपत्यकाको सुरक्षामा विषेश ध्यान दिएको हो।
प्रहरीले काठमाडौंसँगै कार्यक्रम स्थल वरिपरि बिहिबार रातिदेखि नै सुरक्षामा महत्व दिएको छ। राजधानीमा आयोजित प्रदर्शन र प्रदर्शनपछिको सभाका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। प्रहरीका अनुसार राजधानी भित्रिने सबै नाकामा विशेष टोली खटाइएको छ।
सभामा भिडभाड धेरै हुने र भिआईपीको सहभागिता रहने भन्दै सुरक्षामा कडिकडाउ पारिएको एसएसपी सिंहले बताए। सभा सम्पन्न गर्न कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको नेकपा नेताहरुले जनाएका छन्।
प्रदर्शनमा सहभागी हुन नेकपा ओली समूहका कार्यकर्ताहरु बिहीबार रातिदेखि काठमाडौं भित्रिने क्रम जारी छ। काठमाडौं नजिकका जिल्लाबाट भने बिहानैदेखि नेकपा नेता तथा कार्यकर्ताहरु काठमाडौं आउन थालेका छन्।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नेछन्। सभा अगाडी काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ।
सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १५ हजार मोटरसाइकलको प्रदर्शन गरिएको नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले बताए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया