तमन्ना, जसको पारिश्रमिक बाहुबलीले ११ करोड पुर्‍यायाे (तस्वीरहरु)

Photo : tamannaah Instagram

१३ वर्षको उमेरदेखि नै मोडलिङ करियर सुरु गरेकी अभिनेत्री तमन्ना भाटिया निकै लोकप्रिय छिन्, दक्षिण भारतीय चलचित्र क्षेत्रमा। त्यसो त उनले बलिउडका केही चलचित्रमा पनि काम गरिन्, तर उनलाई फापेन। बलिउडको ग्राफमा उनले आफ्नो नामलाई स्थापित गर्न सकिनन्।

२१ डिसेम्बर १९८९ मा जन्मिएकी तमन्नाले १५ वर्षको उमेरमै तमिल चलचित्रबाट अभिनयमा प्रवशे गरेकी थिइन्। त्यस यता उनले थुप्रै तेलुगु र कन्नड चलचित्रहरु पनि गरिन्। 

सन् २००७ मा रिलिज भएको चलचित्र 'विजय वारी' ले उनलाई राम्रो सफलता दिलायो। उक्त चलचित्रमा उनले एक पत्रकारको भूमिका निभाएकी थिइन्। सोही चलचित्रबाट तमन्नाले चार वटा राष्ट्रिय अवार्डहर समेत जितेकी थिइन्। 

अझै भन्ने हो भने, तमन्नालाई भारतभर नोटिस गराएको चलचित्र हो, बाहुबलीको पहिलो सिरिज। जसमा उनले सहायक भूमिका निभाएकी थिइन्। 

बाहुबलीको दोस्रो सिरिजबाट पनि उनले राम्रै चर्चा कमाइन्। बाहुबललीकै कारण उनले आफ्नो पारिश्रमिक बढाएको पनि भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे। बाहुबलीको सफलताले उनको पारिश्रमिकलाई ११ करोड पुर्‍यायाे। 

साताअघि मात्र माल्दिभ्सबाट फर्केकी तमन्नाले यतिबेला कोरोना महामारीमा फुर्सदको समय मनाइरहेकी छन्।

प्रकाशित मिति: : 2021-05-09 06:39:00

प्रतिकृया दिनुहोस्