एसियाली खेलकुद

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत

१९औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज (मंगलबार) भारतसँग खेल्दै छ।

नेपाली समयअनुसार बिहान ६:४५ बजेदेखि सुरु हुने खेलमा भारतले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।

भारतले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।

भारतले ५ ओभर सकिँदा बिना विकेट ६१ रन बनाएर खेलिरहेकाे छ।

भारतका यशस्वी जैसवाल ४३ र कप्तान  रुतुराज दशरथले १३ रन बनाएर खेलिरहेका छन्।

आज नेपालकाे प्लेइङ ११ मा रहेका छन्ः

राेहितकुमार पाैडेले (कप्तान)

आशिफ शेख (विकेट किपर)

कुशल मल्ल

कुशल भुर्तेल

सुन्दीप जाेरा

गुल्सन झा

साेमपाल कामी

करन केसी 

अविनाश बाेहरा

दीपेन्द्रसिंह ऐरी

सन्दीप लामिछाने

प्रकाशित मिति: : 2023-10-03 06:31:00

प्रतिकृया दिनुहोस्