धनुषाको ढल्केवरबाट फेरि जेसिबी चोरी

विजय साह

जनकपुर

धनुषाको ढल्केवरबाट फेरि एउटा जेसिबी चोरी भएको छ। ढल्केवरको पश्चिमचोकबाट आयूष निर्माण सेवाको अनटेस्ट जेसिबी चोरी भएको हो।

ढल्केवरस्थित आयूष निर्माण सेवाको आफ्नै कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा शनिबार राति अन्दाजी १ बजे जेसिबी चोरी भएको सञ्चालक महेन्द्र महतोले जानकारी दिएका छन्।

चोरीको घटना थापा पाए लगतै इलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएको सञ्चालक महतोले बताए।

चोरी भएको जेसिबी यही बैशाख ५ गते जनकपुरधामस्थित एक शोरुमबाट खरिद गरी ल्याइएको थियो। 

यता जेसिबी चोरी भएको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय धनुषाको सहयोगमा खोजतलासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी गराएका छन्।

खोजतलासको क्रममा थुप्रै ठाउँको सिसिटिभि क्यामराको अनुसन्धान गर्दा जेसिबि जनकपुरसम्म पुगेको अनुमान गरिए पनि भेटिएको छैन।

यस्तै, ढल्केवरबाट यस अघि यही बैशाख महिनाको पहिलो साता एउटा जेसिबी चोरी भएको थियो। ना १ क ५९२४ नम्बरको जेसिबी प्रहरी कार्यालय अगाडि पार्किङ्ग गरिराखेको अवस्थामा चोरी भएको थियो।

प्रकाशित मिति: : 2021-05-09 13:48:00

प्रतिकृया दिनुहोस्