कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु, ९४८३ जनामा संक्रमण

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको नमुना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना सङ्क्रमित निको भई घर फर्किएका छन्। अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2021-05-11 18:05:00

प्रतिकृया दिनुहोस्