बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेकाे गरेको हो।
ललितपुरले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएकाे विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि दिल्शन मुनाविराले अर्धशतकीय इनिङ्स खेले। उनले ३९ बलमा ५९ रन बनाएका थिए। यस्तै, आसिफ शेखले ३७ रन जोड्दा चन्द्रपउल हेमराजले २८ रन जोडे। सिकन्दर राजा २४ रन, अनिल साह ८, कप्तान करण केसी ४, सुमित महर्जन २ रन बनाएर आउट भए।
ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ तथा ललित राजवंशीले २ विकेट लिए।
यसअघि ललितपुरले निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो।
उसका लागि सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेले। ओपनिङमा गएका विराकोड्डीले सर्वाधिक ७३ रन बनाएका थिए। भने, ओमारजाईले अविजित ५८ रन जाेडे।
कप्तान कुशल भुर्तेलले ३२,योगेन्द्रसिंह कार्कीले २७ तथा नारायण जोशीले १८ रनकाे याेग्दान गरे।
विराटनगरका लागि कप्तान करण केसीले दुई तथा सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक/एक विकेट लिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया