कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु, ९३०५ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या १ लाख १ हजार ६ सय ३४ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना सङ्क्रमित निको भई घर फर्किएका छन्। अहिलेसम्म तीन लाख १६ हजार ४६३ निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2021-05-12 16:42:00

प्रतिकृया दिनुहोस्