कागजात नपुगेका करिब २०० आप्रवासीलाई लिबिया फिर्ता

Photo : NDTV
Photo : NDTV

आप्रबासन नियम अनुसार कागजात नपुगेका करिब २०० आप्रवासीलाई लिबियातर्फ फिर्ता गरिएको अन्तराष्ट्रिय आप्रबासन संगठन (आईओएम) ले जानकारी गराएको छ।

आईओएमद्वारा शनिबार सम्प्रेषित ट्वीटर सन्देशमा उक्त कुरा जानकारी गराइएको हो। सन्देशमा भनिएको छ, “तटीय क्षेत्रमा तैनाद् सुरक्षाकर्मीले शुक्रबार करिब २०० आप्रवासीलाई सीमा क्षेत्रबाट फिर्ता पठाएको छ।

आईओएमले भनेको छ, “यस वर्ष अहिलेसम्म करिब आठ हजारभन्दा बढी खासगरी अफ्रिकी शरणार्थीहरूलाई गैरकानुनी रूपमा यूरोपतिर जानबाट रोकिएको छ। उनीहरूले आफुलाई शरणार्थी प्रमाणित गर्ने कागजात पेश गर्न नसक्दा यूरोपतर्फ हिँडेका खासगरी अफ्रिकी शरणार्थीहरूलाई फिर्ता गरिएको छ।”

 समूहमा अफ्रिकाबाहेक द्वन्द्वग्रस्त खाडी मुलुक तथा एशियाली मुलुकका नागरिक पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सामुद्रिक किनारबाट फकाईका आप्रबासी शरणार्थीलाई लिवियाली हिरासतमा राखिने उनीहरूमध्ये उल्लेख्य सङ्ख्या स्वदेश फर्कने वातावरण नबन्दा हिराशतमा नै मृत्यु हुने गरेको आईओएमले जनाएको छ। 

लिवियामा तत्कालिन शासक मोअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिवियामा असुरक्षा र भाँडमैलोले गर्दा हजारौँ लिवियाली नागरिक गरिबी र द्वन्द्वबाट जोगिन यूरोपतर्फ जाने क्रम तीब्र बनेको छ।

सीमाबाट फिर्ता गरिएका शरणार्थीहरूलाई भद्रगोल तथा खचाखच भरिएका हिरासत क्न्द्रमा राखिने गरिएको छ। त्यस्ता हिरासतहरूमा मानवीय संवेदना नहुँने गरेको भन्दै तीनलाई व्यवस्थि तगर्न वा बन्द गर्न गरेको अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई वेवास्ता गरिने गरेको शरणार्थीको अधिकारका लागि काम गर्दै आएका अधिकारीहरूले जनाएका छन्।  

आईओएम र शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका अनुसार लिबियामा आप्रवासी र शरणार्थीहरू मनमानीरूपमा हिरासतमा राख्ने, दर्व्यवहार तथा शोषण गर्ने र हिंसाको शिकार हुने गरेका छन्।

मानवीय संवेदनासमेत नपाउँदा उनीहरू जोखिमपूर्ण विशेष गरी समुद्री यात्रा गर्न बाध्य हुने गरेका बताइएको छ। 

प्रकाशित मिति: : 2021-05-16 06:08:00

प्रतिकृया दिनुहोस्