नेकपा (प्रचण्ड समूह)काे बैठक :

ओलीलाई हटाएर माधव नेपाल बने अध्यक्ष

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाललाई अध्यक्षमा बनाएका छन्। 

मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली हटाएर उनलाई अध्यक्षको जिम्मेवारी दिएको बैठकमा सहभागी एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको हो। उहाँलाई कारबाही गरेर अध्यक्षबाट हटाइएको छ,’ ती नेताले भने। 

२०७१ साउनमा भएकाे नेकपा एमालेकाे ९औँ महाधिवेशनमा नेपाल ओलीसँग अध्यक्ष पदमा झिनाे मतले पराजित भएका थिए। 


 

प्रकाशित मिति: : 2020-12-22 17:27:00

प्रतिकृया दिनुहोस्