फरार आरोपी फागाेकाे सुरक्षामा हिँड्छन प्रहरी निरीक्षक खड्का 

प्रहरीको फरार आरोपी सुचिमा रहेका व्यक्ति नै प्रहरीलाई अघिपछि लगाएर हिडिरहेको छन्। 

उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो अभद्र व्यवहारको कसुरमा प्रहरीको सुचीमा फरार आरोपी हुन। उनको विरुद्ध इलाका प्रहरी कार्यालयमा उर्लाबारीमा जाहेरी दर्ता भएकाे छ।

गत चैत ३० गते उर्लाबारी–९ का समाजसेवी नारायण बस्नेतलाई मेयर फागो र उनका भतिजो दुर्गा फागोले कुटपिट गरेको अभियोग दर्ता भएको हो।

कानुनत अभद्र कसुरमा जाहेरी दर्ता भएपछि पीडकलाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा अभियोजन गर्नु पर्ने हुन्छ। सो नियमको धज्जी उडाउँदै उर्लाबारी प्रहरीले घटना भएको एक महिना बितिसक्दा पनि फागोलाई उन्मुक्ति दिईरहेको खुलेआम  देख्न सकिन्छ।

कोरोना महामारी नियन्त्रण गर्ने नाममा मेयर फागोले प्रहरीलाई अघिपछि लाएर  उर्लाबारीको चोकमा दौडधूप गरिरहेका छन।

फागोद्धयलाई नियन्त्रणमा नलिनुको कारणबारे इप्रका उर्लाबारीका प्रमुख निरिक्षक राजाराम खड्काले गोलमोटल जवाफ दिएर टारेका छन्। उनले भने–अनुसन्धान भइ रहेको विषय हो।

पीडितको घाउ जाँच केश फाराम र घटना मुचुल्का उठाउने प्रकृया भइरहेको छ। यद्यपि मेयर फागोको विरुद्ध गए आफुले उर्लाबारीमा खेलोफड्को गर्ने बाटो बन्द हुने र आफै कुटाई खाने होकि भन्ने प्रहरी निरीक्षक खड्कालाई चिन्ता भएको स्थानीय बताउँछन्। 

प्रकाशित मिति: : 2021-05-17 21:44:00

प्रतिकृया दिनुहोस्