घर-घरमा पुगेर राहत बाँड्दै रतुवामाई जेसिज

 मोरङको रतुवामाई नगरपालिकाका अति विपन्न परिवारई रतुवामाई जेसिजले राहत वितरण गरेको छ।

जेसिजले आइतबार घरघरमा पुगेर गरिब, वृद्धवृद्धा र शोकमा रहेका परिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको रतुवामाई जेसिजका अध्यक्ष निलम खड्काले जानकारी दिए।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञामा गरीब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई खानाको निकै समस्या भएको दृष्टिगत गर्दै खाद्यान्न सामाग्री उपलब्ध गराएको खड्काले बताए।

निषेधाज्ञाका कारण कोही पनि भोकै बस्न नपरोस् भनेर राहत वितरण गरेको पनि खड्काले बताए।

जेसिजले प्रतिघर दुई हजार मूल्य बराबरको सामान सहयोग गरेको हो। आज ११ परिवारका लागि चामल , दाल, खानेतेल, भुजा ,चिउरा, सर्फ, नुहाउने साबुन, चाउचाउ, पिठो, बिस्कुट, टुथपेस्ट, ब्रस, मास्कलगायतका अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको रतुवामाई जेसिजका महासचिव दिनेशकुमार बिष्टले जानकारी दिए। जेसिजले कम्तीमा एक सय परिवारका लागि सहयोग गर्ने र यस कार्यलाई निरन्तरता दिइरहने पनि बिष्टले बताए।

प्रकाशित मिति: : 2021-05-24 20:08:00

प्रतिकृया दिनुहोस्