८६३६ जना कोरोना संक्रमित थपिए, १६९ जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १६९ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ६ हजार ७०० पुगेको छ।

आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार २६१ जना रहेको छ। 

प्रकाशित मिति: : 2021-05-25 17:43:00

प्रतिकृया दिनुहोस्