भेरी अस्पतालका स्वास्थ्यकर्मी कुटपिट् गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

बिहिबार बेलुकी बाँकेको भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

काेराेनाबाट दाङ घर भएका डिल्ली रावत मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र भरत रावत तथा छोरा लोकराज रावतले काेभिड वार्डमै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।

स्वास्थ्यकर्मीहरुले अस्पतालकाे झ्यालबाट हाम फालेर आफ्नाे जीवन बचाएका थिए। 

आक्रमण गर्नेहरुलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले जानकारी दिए। घटनाबारे गम्भीर अनुसन्धान चलिरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-05-28 17:46:00

प्रतिकृया दिनुहोस्