४३६९ जना कोरोना संक्रमित थपिए, ६२०५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी गत २४ घण्टामा ६ हजार २०५ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा हालसम्म मृतकको सङ्ख्या ७ हजार २७६ पुगेको छ।

प्रकाशित मिति: : 2021-05-30 16:43:00

प्रतिकृया दिनुहोस्