लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।

पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन्।

जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४  मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ।

पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो।  खड्कालाई एमाले, महन्त ठाकुर समूहलगायतकाको समर्थन रहेको थियो। 

प्रकाशित मिति: : 2021-05-31 16:32:00

प्रतिकृया दिनुहोस्