एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

File Photo Risingnepaldaily

यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ।

शिक्षा मन्त्रालयको प्रस्तावमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनको अन्तिम निर्णय गरेकाे हाे।

यस अघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रस्ताव अनुसार निर्णय गरेको हो।

यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो। गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए।

गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो।

प्रकाशित मिति: : 2021-06-01 07:03:00

प्रतिकृया दिनुहोस्