जुम्लामा थप एक कोरोना संक्रमितको मृत्यु

Symbolic photo
Symbolic photo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको ६ घण्टामा एक संक्रमित महिलाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका १ राँकागाउँकी ३४ वर्षीया एक संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराईले संक्रमित महिला दिर्घरोगी भएकाले मृत्यु भएको बताए।

'संक्रमित महिलाको किड्नी, मुटुमा समस्या, हेमोग्लोविन कम थियो,' उनले भने, 'बिहीबार नै अस्पतालमा भर्ना गरिएको हो। आईसियू र भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन सकिएन।'

उनीसंगै तातोपानी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २४ जना थियो। गाउँमा रुघाखोकीका बिरामी बढ्न थालेपछि सूचना अधिकारीले दिएको सूचनाका आधारमा कोरोना परीक्षण गर्दा २५ जनामा २३ जना संक्रमित देखिएका थिए।

अन्य संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ। गम्भीर प्रकारका बिरामीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ।

कोभिड अस्पतालमा उपचार हुन नसक्ने बिरामी कर्णाली अस्पतालमा पठाउने तयारी भइरहेको छ। यो घटनासँगै जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ।

हिमा गाउँपालिका-७ का एक पुरुष, तिला गाउँपालिका-१ रारालिहिका एक पुरुष र गुठीचौर गाउँपालिका–३ की एक महिलाको कोभिडका कारण मृत्यु भएको छ।

हालसम्म जुम्लामा कोरोना संक्रमितको संख्या ५७४ पुगेको छ। संक्रमण मुक्त हुनेको संख्या ३३२ जना रहेको छ भने प्रतिष्ठानको आइसोलेसनमा २७ जना उपचार गराइरहेका छन्।

प्रतिष्ठानमा उपचार गराउन ल्याएका सुर्खेतको १, कालिकोटका जिल्लाको तिलागुफा नगरपालिकाका २ जनाको मृत्यु भएको थियो। कर्णाली अस्तालमा ३ जना जिल्ला बाहिरको र ४ जना जिल्ला भित्रको गेरर ७ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2021-06-11 12:19:00

प्रतिकृया दिनुहोस्