काेराेना महामारीमा ‘फ्रन्टलाइन’मा खटिनेहरूकाे सम्मान लागि काठमाडौंमा पेन्टिङ अभियान (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

कोरोना महामारीमा ‘फ्रन्टलाइन’मा खटिएकाहरुको सम्मानमा काठमाडौंका युवाहरुले भित्ताहरुमा पेन्टिङ बनाउन सुरु गरेका छन्।

युवाहरुले काठमाडौंको रत्नपार्कस्थित आकाशेपुलमा कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र पत्रकारको पेन्टिङ बनाएका हुन्। 

अभियान काठमाडौं बौद्धका युवा व्यवसायी दुजाङ शेर्पाको परिकल्पनामा ४ जना यवाहरुल सुरु गरेका छन्। पेन्टिङ निर्माणमा दुजाङ सहित साङ्गेथिल्ले लामा, किया शेर्पा र सुमिना श्रेष्ठ रहेका छन्।

महामारीको समयमा आफ्नो ज्यानको बाजी राखेर कोरोना संक्रमण नियन्त्रमा लाग्ने ‘फ्रन्टलाइनर’को सम्मान स्वारुप यो अभियान सुरु गरेको दुजाङले

‘कोरोना संकटमा ज्यानको बाजी लगाएर काम गरिरहनु भएकाहरुलाई नागरिकको तर्फबाट पनि सम्मान गर्नुपर्छ भन्ने लागेर हामी  अभियान सुरु गरेका हौं।’ दुजाङले भने, ‘यो देखेर संकटमा खटिनेहरुको आत्माविश्वास बढोस् भन्ने हाम्रो उद्देश्य हो।’  

महामारीसँग लड्न साधान स्रोत भएर मात्रै पुग्दैन्, मनोबाल पनि चाहिन्छ। यी पेन्टिङले पनि सबैको मनोबाल बढाहोस् भन्ने चाहेको अभियानमा सहभागीले बताएका छन्। 

पेन्टिङबारे सबैले राम्रो प्रतिक्रिया दिएको दुजाङले बताएका छन्। ‘पहिलो दिन यो देखेर ट्राफिक प्रहरी खुशी भएको देख्दा हामीलाई पनि झन् हौसाला मिलेको छ।’ दुजाङले भने।

यी पेन्टिङमा धेरै डाक्टर तथा नर्शहरुले आएर सेल्फी समेत खिचेका छन्। फ्रन्टलाइनरको सम्मानकै लागि काठमाडौंका अन्य स्थानहरुमा पनि पेटिङ बनाउने योजनामा उनीहरु रहेकाे छन्। 

प्रकाशित मिति: : 2021-06-11 14:28:00

प्रतिकृया दिनुहोस्