जिम्बाबेका ९७ बर्षीय प्रथम राष्ट्रपति सङ्क्रमित, अस्पताल भर्ना

जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको अधिकारीहरुले जनाएका छन्।

दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्व राष्ट्रपति काउन्डाको निजी सचिवालयले उनको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सवैसँग अनुरोध गरेको छ। “हामी सवै स्वदेशी तथा विदेशी मित्र तथा शुभेच्छुकहरूसँग उहाँको स्वास्थ्य लाभको कामना गरिदिनुहुन अनुरोध गर्दछौँ। त्यसैगरी उहाँको उपचारमा संलग्न चिकित्सकहरुको टोलीले सम्भव भएसम्मका सवै प्रयासहरू गरिरहेकोले उनीहरुलाई सफलता प्राप्त हुने विश्वास लिएका छौँ,” सचिवालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

छोटो वक्तव्यमा उनको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन।

राजधानी लुकासामा रहेको मैना सोको मेडिकल सेन्टरमा उनको उपचार भइरहेको हो। जिम्बाबेमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्यामा नाटकीयरूपमा बृद्धि हुँदैआएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

जिम्बाबेमा अहिलेसम्म कुल एक लाख आठ हजार सङ्क्रमित भएका छन् भने एक हजार ३४८ जनाको मृत्यु भएको छ।

बेलायती उपनिवेशबाट मुलुकलाई मुक्त गराउन नेतृत्वदायी भूमिका खेल्नु भएका काउन्डा सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2021-06-15 07:41:00

प्रतिकृया दिनुहोस्