मायाकाे अनाैठाे सपना

Breaknlinks
Breaknlinks

एउटा अध्याँरो कोठा। पङ्खा चलिरहेको छ। भित्ताहरुमा केही दुर्लभ पेन्टिङहरु झुन्डिरहेका छन्। दराजको ढोका खुल्लै छ। र्याकमा केही पुस्तकहरु मौन छन्, केही दिनदेखि। 

विशाल ओछ्यानमा पल्टिरहेको छ, लावारिश तरिकाले। उ निदाउँदै छ। तर उसलाई सपना देख्न कुनै हतार छैन। बरु सपनाहरु उसलाई देख्न आतुर छन्। 

विशाल अलि जिद्दी र रिसाह स्वभावको छ। तर उसको मन निकै सफा छ। 

उसका आँखाहरु विस्तारै सपनाको रंङ्गिन दुनियाँमा प्रवेश गर्दैछन्। अब उ सपना देख्दैछः

बाबुआमा गाउँमा छन्। उ 'आयल्स' पढाइको लागि शहरमा छ। नयाँ वर्षको महोल छ। विशालको साथी रमेशले भन्छ, 'म त नयाँ वर्षको दिन प्रेमिकासँग घुम्न जाने साेच्दैछु। गिफ्ट पनि दिनुपर्ला।'

अर्काे साथी कमलले पनि परिवारसँग चलचित्र हेर्न जाने योजना सुनाउछ। विशाल उनीहरूकाे कुरा सुनेर खिन्न बन्छ। उदास बन्छ।  विशाललाई उसका साथीहरु जिस्काउँदैछन्, 'न प्रेमिका छ, न परिवार।'

विशाललाई उसका साथीहरुको कुराले झस्काइरहन्छ। उ आफूलाई एक्लो महशुस गर्छ। 

नयाँ वर्षको दिन बजारतिर केही सामान खरिद गर्न जान्छ। बजारको रमाइलो भिडभाड देख्छ। त्यतिबेला उसँग एउटा सुन्दर युवतीको ठक्कर लाग्छ। त्यसबेला विशालको हातमा भएको फोटो फ्रेम फुट्छ। विशाल रिसाउदै ती युवतीलाई आफ्नो रिस पोख्छ। युवती कोमल बनेर विशालसँग माफी माग्छे।

विशाल निराश भएर घर फर्कन्छ। केही क्षणपछि उसलाई ती युवतीकाे ख्याल आउछ। युवतीकाे हसिलाे र गोरो अनुहार, निलो आँखा सम्झन्छ। ती युवतीकाे यादले सताउन थाल्छ। विशालले सोच्छ, 'गल्ती त उसको पनि थिएन, मै पागल भएर उसलाई किन गाली गरे हुँला ? र पनि उसले केही बोलिन।'

उसलाई बारम्बार त्यही युवतीको यादले सताउन थाल्छ। उसले आफूले गल्ती गरेको महशुस गर्छ। विशाललाई लाग्छ कि, एक पटक फेरि त्यही युवती भेटियाेस्। जसकाे कारणा माफी माग्न पाइयाेस्।

विशाल केही दिनपछि फेरि बजार जान्छ। र त्यही युवतीलाई हेर्छ वरपर। कुरेर बस्छ। तर ती युवतीलाई कतै देख्दैन। भेट्दैन।

विस्तारै उसलले त्यो घटनालाई बिर्सेर अघि बढ्ने निर्णय लिन्छ। 

उ विस्तारै आफ्नो 'आयल्स'काे पढाइतिर ध्यान दिन थाल्छ। र निरन्तर क्लास जान्छ। तर क्लासमा गएपछि उ अचम्म पर्छ। उसले ठक्कर खाएको युवती त्यही भेट्छ। वास्तवमा ती युवती त्यही संस्थाको व्यवस्थापक हुन्छे।

विशाल हतार-हतार गएर ती युवतीसँग माफी माग्छ, 'म बाट धेरै गल्ती भयो। माफी देउ।'

ती युवतीले लजाएर भन्छे, 'इट्स ओक्के।'

उसले ती युवतीकाे नाम साेध्छ, 'तिम्राे नाम के हाे?'

'रेवा', युवतीले जवाफ दिन्छे।

विशालले युवतीसँग माफी मागेपछि मन हलुका बनाउछ। आफ्नो पढाइतिर ध्यान दिन थाल्छ। र नजानेका कुरा उनै रेवासँग सोध्छ।

उनीहरुबीच दिनप्रतिदिन कुराहरु बाक्लिदै जान्छ। विस्तारै विशालले आफैमा परिवर्तन देख्छ, र खुशी हुन्छ पनि।

उनीहरुबीच एक-अर्काको मन पर्ने/मन नपर्नेबारे बातचित हुन्छ। दिनप्रतिदिन उनीहरुको सम्बन्ध नजिक हुँदै जान्छ।

मुलतः विशाल र रेवा एकदिन भेट्ने निर्णय गर्छन्।

त्याे भेटमा उसले रेवालाई उपहार दिन्छ, घाँटीमा लगाउने लकेट। उनीहरु एकअर्कालाई हेरेर मुस्कुराउछन्। र साँझ आफ्नाे घर फर्कन्छन्।

उनीहरुकाे सम्बन्ध झन् नजिक हुँदै जान्छ। उनीहरु विस्तारै प्रेममा पर्दै जान्छन्। 

उनीहरुकाे प्रेम र विश्वास प्रगाढ बन्दै जान्छ। र अन्तत: विशालले रेवालाई विवाहको लागि प्रस्ताव गर्छ। रेवा अलि डराउछिन्। र भन्छिन्, 'अहिले के को हतार, पछि गरे हुँदैन र? आफ्नो करियर बनाएर।'

केही महिनापछि विशालको विदेश जाने भिषा आउछ। विशालले यो कुरा रेवालाई सुनाउछ। रेवा त्यो कुरा सुनेर दुखी हुन्छे।आँखा भारी बनाउछे। केही निराश पनि हुन्छे।

रेवाले प्रश्न गर्छे, 'तिमीले मलाई छाड्ने पो हौ की !'

विशालले उसको आँखा पुछ्दै भन्छ, 'म तिमीलाई नमरुन्जेल प्रेम गर्छु, असाध्यै प्रेम।'

सम्बन्ध चलिरहेको हुन्छ। विस्तारै विशालको बाहिर जाने दिन आउछ। रेवाले दुखी हुँदै उसलाई विदा गर्छिन्।

उता विदेशमा गएर उ राम्रो प्रगति गर्छ। यता रेवा पनि आफ्नो काम व्यस्त हुन्छे।

केही वर्षपछि विशाल विदेशकाे बसाइ सकाएर स्वदेश फर्कन्छ। रेवासँग विवाह गर्ने मनासय बाेकेर सपना देख्न थाल्छ।

यहाँ सम्मकि उसले विदेशबाट रेवालाई विभिन्न उपहारसमेत ल्याइदिएकाे हुन्छ।

विशालले गाउँ फर्किदा गाडीमा एउटा अखबार पढिरहेकाे हुन्छ। ठिक त्यतिबेला विशाल छक्क पर्छ। विशाल एकदमै भक्कानिन्छ। उसको हात खुट्टा काँप्न थाल्छन्। उसको आँखाबाट आँशु खस्छ। उसले पत्रिका देखेकाे हुन्छ, रेवाको मृत्युकाे समाचार।

उसको मनमा विभिन्न प्रश्नहरु आउछ। जसको जवाफ रेवासँग मात्र थियो।

आफैलाई प्रश्नहरु गर्छ, आखिर कस्ताे प्रेम थियाे, याे ? आखिर काे थिइ, उ ?

उसले रेवलाई धेरै फोन गर्ने प्रयास गर्छ। तर रेवाले फोन उठाउदैनिन्। विशाल सरासर आफ्नो घर जान्छ। घरको भित्तामा वर्षाै पहिले फुटेको सिसाको फ्रेम जाेडिएको देख्छ। तब उ अचम्म पर्छ।

चारैतिर रेवाको बारेमा साधपुछ गर्न थाल्छ। छिमेकीले पनि खबर सुनाउन थाल्छन्, रेवाकाे मृत्यु पहिल्यै भैसक्याे।

---

विशाल सपनाबाट झस्ल्याँस्स ब्युँझिन्छ। शरिर पसिनाले निथ्रुक्क भिजेकाे पाउछ। आफै छाम्छ। कमजाेर महशुस गर्छ।

प्रश्र गर्छ आफैलाई, याे सपना हो वा विपना ?

त्यति नै बेला त्यही नम्बरबाट कल आउछ। जुन नम्बर उसकाे सपनाका रेवाकाे थियाे। 

उ अचम्ममा पर्छ। 

सपनासँग वार्तालाप गर्छ। त्यो घटनासँग वार्तालाप गर्छ। 

सायद, त्याे एउटा फगत सपना थियाे। सबैकुरालाई आत्मसात गर्छ। र नयाँ दिनकाे सुरुवात गर्छ। 
 

प्रकाशित मिति: : 2021-06-19 12:09:00

प्रतिकृया दिनुहोस्