यो खुल्ला पत्र तिम्रो लागि

Breaknlinks
Breaknlinks

डियर,

अब तिमी डियर हुन छाडेका छौ। तिमीसँग सम्बन्धविच्छेद गर्न के के गरिन मैले?

चार हजारको ज्याकेट किनें। पञ्जा, मोजा, टोपी, गलबन्दी, माक्स, चेस्टगार्ड  सबैसँग सम्बन्ध बढाएं।

दैनिक १२ कप चिया, २०/२२ चुरोटको चुस्की लिन थाले। राति सुत्ने बेलामा बन्द गर्न झ्याल-ढोका र यीनका छाउरा-छाउरी भेन्टिलेसन कुनै बाँकी राखिनँ। थर्मकोट लगाएं अनि १० केजि कपासको सिरकमाथि खासाबाट ल्याएको ब्ल्याङकेट पनि खपाएर सुतें।

अझै पनि तिमी मलाई किन पछ्याइराखेका छौ? आखिर किन ? मैले बुझ्नै सकिरहेकाे छैन, झ्याल ढोकाको कापबाट पसेर सिरकको कुना-कुनाबाट किन मिस्कल दिन्छौ?

पैतलाका काप-कापमा आएर किन सुसेल्छौ? सिरानीको आडैमा बसेर किन मेसेज गर्छौ?

म हैरान भइसके। तिम्रा चिसा मेसेज पढ्दा-पढ्दा मेरा आँखाबाट तप्-तप् आँसु खस्न थालेका छन्। तिमीले पठाएको प्रेम पत्र खोल्नबित्तिकै मलाई झ्याप्प रुघाखाेकीले अँगाल्न थालेको छ।

ए थाहा छ तिमीलाई,

तिम्रो कारणले गर्दा मैले नचाहदा-नचाहदै त्यो सेतो कोटेसँग डेटिङ जानपर्यो।

"तपाईंको छातीभित्र चिसो पसेछ", डाक्टरले एक्सरे हेरेपछि यसै भने। उनले छाती खराब भएको देखे। मेरो दिमाग खराब भएको देखेनन्।अहँ, कत्ति पनि देखेनन्।

छातीमा पसेपछि र मुटुमा बसेपछि त लभ पर्छ भन्छन्। 

तिमीले सोच्यौ होला। म तिमीलाई छातीभित्र राखेर प्रेम गर्दै छु।

साच्चै तिमी कति समझदार छौ। मौनतालाई कुल्चिएर रुवाउदै खतराको घण्टास्वरुप रातो रगतले लतपतिएका टालो थमाउदै सधैंजसो जबर्जस्ती हसाँउन जान्दछौ।

बाघको छालामा स्याल लुकेझैं आत्मियताको खोल ओढेर छुरा हान्न जान्दछौ। एकैपलमा एकमुठ्ठी स्वास चट्ट छिन्न अनि बाध्यताको सिक्कासँग खुसी किन्न जान्दछौ।

आदत बनेर नसा-नसामा धड्कन बनेर तरङ्गित हुँदै मधहोस बनाई घातको प्याला पिलाएर निर्लज्ज भई खुलेआम स्वतःस्खलित हुन जान्दछौ।

अवसरवादी धेरै छन् भन्थ्यौ, ऐना हेर्छौ कि हेर्दैनौ कुन्नी ?

देखेर आफ्नै बिम्ब, अन्तै आँखा डुलाउछौ कि अझै बैमानीको च्यादरबाट ईमान देखाउन जान्दछौ?

जहरीला सर्प तिम्रो बराबरीमा पर्दैन रे ! दूध पिएर विष घोल्ने तिमीलाई देखेपछि तिमी त यति गुणस्तरीय मान्छे बाँकी तिमी आफै समझ्दार छौ। औँला उठाउछ र कसले, जसै उठ्छन् गनी-गनी, भाँचिदिन जो जान्दछौ।

कसैको कल्पनाभन्दा परको, जो छौद्वय चरित्र निभाउन जान्दछौ। जलप लागेको आवरण टिक्छ चाहीँ कति दिन ?

तर म ढुक्क छु, हतार-हतार सुनारकहाँ धाउन जो जान्दछौ। समझदार छौ,समझदारी देखाउन जान्दछौ।

जरुरी छैन सबै खराबी देखु, तिमीले सोच्यौ होला म तिमीलाई छातीभित्र राखेर प्रेम गर्दै छु।

तिम्रो प्रेमले च्वास्स घोच्छ, आई हेट यु.......!

यत्ति खुबी त पक्कै छ 'म'मा प्यारी कि, कसैको समझदारीमा लेखु।

प्रकाशित मिति: : 2021-06-19 14:00:00

प्रतिकृया दिनुहोस्