नेपाल टेलिकमले नयाँ प्रविधिको ई–सीम कार्ड ल्याउदैँ

File photo
File photo

 नेपाल टेलिकमले नयाँ प्रविधिको ई–सीम कार्ड भित्राउने भएको छ। 

आगामी अर्थिक वर्ष २०७८/७९ को बजेट कार्यक्रमभित्र रहेको ई–सीमका लागि हाल कम्पनीले आन्तरिक छलफल र योजना गरिरहेको कम्पनीका सहप्रवक्ता रन्जित लोहियाले बताए। 

ई–सिम आएपछि भौतिक रुपमा सिम खरिद गर्नपर्ने बाध्यता नरहने कम्पनीले जनाएको छ।

उक्त सिम स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुले सुरुमै फोन सेटमा इम्बेड गरेर पठाउने र प्रयोगकर्ताले नेटवर्क आग्रह गरेको अवस्थामा देशको जुनसुकै कुनामा टेलिकमले आफ्नो सिस्टमबाट प्रोग्रामिङ गरी सफ्टवेयर अपलोड गराइदिने उनले बताए।

प्रकाशित मिति: : 2021-07-13 17:10:00

प्रतिकृया दिनुहोस्