वाग्मती प्रदेशप्रमुखबाट दुई विधेयक प्रमाणीकरण

फाइल तस्वीर
फाइल तस्वीर

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले वाग्मती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज यहाँ प्रमाणीकरण गरेका छन्।

उनले प्रमाणीकरण गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८/७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-14 15:15:00

प्रतिकृया दिनुहोस्