एमालेकाे केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई मत दिनेलाई कारवाहीको तयारी

File Photo
File Photo

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (साेमबार) बस्दै छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानकाे भवनमा बस्ने तयारी रहेकाे पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

उनले बैठकमा विधान महाधिवेशनमा केन्द्रित हुने बताए पनि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने नेताहरूलाई कारवाही पनि हुने बताइएको छ।

तामाङले समसामयिक राजनीतिबारे छलफल भए पनि बैठकको एजेण्डा विधान महाधिवेशन भएको बताए।

प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र अनुपस्थित हुने सांसदहरुबारे पनि बैठकले अनुशासनको कारवाही गर्ने तयारी गरेको छ।

एमालेका १२१ सांसद मध्य ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १४ र ओली समूहका ८ जना गरि २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए।

यस्तै, नेपाल समूहका १० जना अनुपस्थित रहे। सांसद भीम रावलले मतदान अघि नै राजिनामा दिएर हिँडेका थिए।

प्रकाशित मिति: : 2021-07-19 08:44:00

प्रतिकृया दिनुहोस्