
जलेको सिंहदरबार
बिएल संवाददाता
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ। मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ।
यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ। दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ। भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ। उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पाँचौँ स्थानमा छ।
यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यसहित ४० पदकका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङ्कङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन्।
एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ।
महिला कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने भएको छ। महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ। उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुने छ। सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ।
नेपाल समूह ‘बी’ मा रहेको छ। उक्त समूहमा इरान र बङ्गलादेश समेत छन्। हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन्। नेपालले पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल इरानसित पराजित भएको थियो।
महिला कबड्डीमा इरान बलियो टोली मानिन्छ। इरानले यसअघि सम्पन्न १८औँ एसियाली खेलकुदमा महिला कबड्डीको स्वर्ण पदक जितेको थियो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया