विद्युत् प्राधिकरणले अन्याय गरेको छ, नलिएको सुविधाको पैसा लिन खोजिरहेको छ

बाह्रखरी

काठमाडौँ

नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइनको विवाद अझै समाधान भएको छैन। अदालतमा समेत यो विषयमा मुद्दा पर्‍यो। अदालतले पहिलो सुनुवाइ गर्ने निकाय विद्युत् प्राधिकरण नै भएकाले प्राधिकरणमै जान उद्योगीहरूलाई भन्यो। तर, उद्योगीहरू किन प्राधिकरण जान सकिरहेका छैनन् ? डेडिकेटेड र ट्रंक लाइनको विवाद के हो ? समाधान कसरी हुनसक्छ ? यिनै विषयमा केन्द्रित रहेर शारडा ग्रुपका अध्यक्ष शिवरत्न शारडासँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित हुँदा अर्थतन्त्रमा संकुचन आएको छ। तपाईंंको अनुभवमा कोभिड–१९ ले उद्योग–व्यवसाय क्षेत्रमा कस्तो खालको असर पारेको छ ?
हाम्रो देशमा कोभिडको संक्रमण दुईपटक बढ्यो। पहिलो संक्रमणको बेलामा हाम्रो उद्योग–व्यवसाय नै बन्द भयो। उद्योग नै बन्द गर्नुपर्ने अवस्था भएकाले निकै अप्ठ्यारो थियो। सुरुमा उद्योग बन्द थियो, तर अन्य व्यापार–व्यवसाय खुला थियो, स्टकमा रहेका सामान दिन पाएका थियौँ।

जब दोस्रो लहर आयो, त्यो बेला उद्योग सञ्चालनमा रोक थिएन। तर, व्यापार–व्यवसाय बन्द थिए। संक्रमणका कारण मान्छेहरू आक्रान्त थिए। अक्सिजनको अभाव थियो। अक्सिजन अभावकै कारण कतिपय संक्रमितले ज्यानसमेत गुमाउनुपर्‍यो। कोभिडको दोस्रो लहरका बेलामा पनि उद्योगको स्टोरेजको क्षमताअनुसार उत्पादन त गरिराख्यौँ, तर पसलहरू बन्द हुँदा बिक्री–वितरण गर्न असहज भयो।

प्रकाशित मिति: : 2021-07-23 13:26:00

प्रतिकृया दिनुहोस्