संसदीय समितिभित्र माधव नेपालले एमालेकै सांसद्लाई प्रतिगमनको मतियार भनेर थर्काएपछि....(भिडियाेसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिकाे बैठकमा  नेता नेपाल र रानाबीच भनाभन् भएकाे हाे।

बिहान ११ बजे बस्ने भनिएको समितिको बैठकमा नेता नेपाल ११ बजे मिनेटमा पुगेका थिए। बैठककाे सुरूआतमा नेता नेपालले प्रतिनिधि सभा पुन: स्थापना भएकोमा खुसी व्यक्त गरे। उनले संसद ब्युताउन संघर्ष गर्नु परेको तर्क गरे। साथै जनताले संसद ल्याएको बताए।

उनी बाेल्दै गर्दा ओली  पक्षका नादरमुनि बैठकमा प्रवेश गरेकाे थिए।  उनले बैठकमा सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको बताउँदै माधव नेपाल संकेत गर्दै ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए ’ भन्दै व्यंग्य गरेका थिए।

‘प्रतिनिधिसभा विघटनपछि पुन:स्थापना भएको छ। यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो। अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो।’ उनले भने, ‘सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन, दुवैलाई जनताले ल्याएका होइनन्।’

साेही क्रममा माधव नेपाललाई कटाक्ष गरेपछि दीपकप्रकाश भट्ट बीचैमा बोले। उनले ठूलो स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे।

त्यसकाे केही समयमा माधव नेपाल पनि बाेल्न थालेपछ भनाभन् भएकाे हाे। 

रानामाथि नेपाल र भट्ट मात्रै खनिएनन् काँग्रेस सांसद पनि जाइलागे। काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले पनि रानमाथि आक्रोश पोखे। 

रानासँग माधव पक्षीय सांसद सरलाकुमारी यादव पनि भनाभनमा उत्रिइएकी थिइन्। उनीहरू दुईजनाबीच तँ तँ र म म सम्म भएकाे थियाे।

प्रकाशित मिति: : 2021-07-25 20:20:00

प्रतिकृया दिनुहोस्