भुवन केसी र दीपाश्री निराैलाकाे डान्समा, ‘सम्झिनी पानी छम्किनी’

अभिनेता भुवन केसी र दीपाश्री निराैला लगायतका चलचित्र कलाकारहरूकाे अभिनयमा तीज गीत ‘सम्झिनी पानी छम्किनी’काे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ। भिडियाे सम्राट चाैलागाइँकाे  युट्युव च्यानलबाट शनिबार सार्वजनिक भएकाे हाे। 

सम्राट चाैलागाइँ र रचना रिमालले गाएकाे उक्त गीतकाे शब्द/संगीत चाैलागाइँ आफैले लेखेका हुन्। म्यूजिक भिडियाेमा केसी र  निराैलासहित स्वस्तिमा खड्का, आकाश श्रेष्ठ, गिता ढुङ्गाना लगायतका कलाकारहरूकाे अभियन रहेकाे छ। 

चलचित्रका कलाकारहरूले भरिएकाे भिडियाेकाे निर्देशन विक्रम स्वरले गरेका छन्। 

प्रकाशित मिति: : 2021-08-01 10:06:00

प्रतिकृया दिनुहोस्