कार दुर्घटनामा परे पवनदीप राजन, अवस्था गम्भीर

इन्डियन आइडल सिजन–१२ का विजेता गायक पवनदीप राजनको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका छन्। 

अहमदाबादमा आज बिहान सडक दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका हुन्। 

सामाजिक सञ्जालमा उनको एउटा तस्बिर भाइरल भइरहेको छ। जहाँ उनी गम्भीर अवस्थामा देखिएका छन्। 

पवनदीप राजनसँग भएको दुर्घटनाको बारेमा थप जानकारी आउन बाँकी छ।

तर भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ। 

यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् र उनको सुरक्षाको लागि प्रार्थना गरिरहेका छन्।

प्रकाशित मिति: : 2025-05-05 14:50:00

प्रतिकृया दिनुहोस्