ट्राफिक प्रहरीले पुनः सञ्चालन गर्‍याे ‘तपाईंको मास्क खै?’ अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ‘तपाईंको मास्क खै ? ’ अभियान पुनः सञ्चालनमा ल्याएकाे छ। ट्राफिक प्रहरीले मंगलबार न्यूराेडमा एक कार्यक्रम आयाेजना  गरी अभियन सुरू गरेकाे जनाएकाे छ।

पछिल्लाे समय काेराेना संक्रमणकाे जाेखिम बढ्दै गएकाेले उपत्यकामा ‘तपाईंको मास्क खै ?’ अभियान कडाईका साथ लागू गर्न लागिएकाे ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताएका छन्।

याे अभियान अन्तर्गत ट्राफिक प्रहरीले नागरिकलाई मास्क लगाउन अनुराेध गर्नुका साथै काेराेना संक्रमणबाट बच्ने उपाय पनि सिकाउन सुरू गरिएकाे एसएसपी भट्टराईले बताएका छन्।

यसैबीच यसअघि  ‘तपाईँको मास्क खै ? ’अभियानका लागि प्लेकार्ड प्रयोग गर्दै आएकाे थियाे। तर, त्यसले ड्युटिमा खटिएका ट्राफिक प्रहरीलाई असुविधा पुगेको भन्दै प्लेकार्डको विकल्पकाे रुपमा शरीरमा व्यानर लगाउने थालिएकाे छ। 

त्यस्तै, ट्राफिक प्रहरीले उपत्यकामा ‘नाे हर्न’ अभियानलाई पनि कडाई गरेकाे छ। प्रहरीले सवारी चालकलाई हर्न नबजाउन अनुराेध गर्नुका साथै गाडीमा स्टिकर समेत टाँस्ने काम गरकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

एसएसपी भट्टराईका अनुसार अभियानलाई प्रभावकारी बनाउन मंगलबार उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार सवारी साधनमा  ‘नाे हर्न’ स्टिकर टाँसेका छन्। 

महानगरीय ट्राफिक परिसर ललितपुरका प्रहरी निरीक्षक नरेश शाहीको अनुराेधमा प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले ललितपुरका ट्राफिकहरुलाई काँधमा व्यानर लगाएर अभियानको प्रारम्भ गरेका थिए।

प्रकाशित मिति: : 2021-08-11 13:00:00

प्रतिकृया दिनुहोस्