बहुप्रतिक्षित मानिएको दक्षिण भारतीय चलचित्र 'केजीएफ २' को रिलिज मिति तय भएको छ।
चलचित्रलाई नेपाली नयाँ वर्ष वैशाख १ अर्थात् २०२२ अप्रिल १४ गते रिलिज गर्ने तयारी भएको हो।
यसअघि निर्माण समूहले जुलाई १ मा रिलिज गर्ने घोषणा गरेको थियो। तर कोरोना महामारीले गर्दा चलचित्रको रिलिज मिति सारिएको हो।
चलचित्रको मुख्य भूमिकामा यसराज रहेका छन्। त्यस्तै बलिउड अभिनेता सन्जय दत्त पनि मुख्य भूमिकामा छन्।
चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा चलचित्रले झन् कौतुहलता थपेको छ। चलचित्रमा श्रीनिधि शेट्टी, रविना टन्डन, गोविन्द गौडालगायत अन्य कलाकारको अभिनय रहेको छ।