मङ्गला ‘मा’को सङ्घर्ष र नेतृत्वमा महिला

गोरखापत्र

डा‌. डिला सङ्ग्रौला

त्योबेला श्री ३ पद्मशमशेरको शासन थियो। राणा शासनका बारेमा सायदै व्याख्या गरिरहन नपर्ला। अनि त्यो शासनकालमा महिलाको अवस्थाको त झन् के नै भन्नुप‌-यो र ! महिलाका सवालमा अझै ‘उदार’ भई नसकेको अहिलेको समाजका अघि राणाकालको त्यो ऐनाको कल्पना गरौँ, दृश्य आफैँ फनफनी घुम्छन्।

मङ्गलादेवी सिंह श्री ३ पद्मशमशेरको दरबारमा आफ्ना केही सहपाठी लिएर पुगेकी थिइन्। उनले पद्मशमशेरलाई सीधैँ भनिन्– “नगरपालिकाको चुनाव हुन लागेको छ। महिलालाई पनि भोट दिने अधिकार हुनुपर्छ भन्न आएका हौँ सरकार !”
पद्मशमशेरले अरू पनि सवाल गरे। मङ्गलादेवीले निर्धक्क भएर जवाफ दिइन्। उनले महिलालाई पढ्नका लागि स्कुल खोल्न पनि भनिन्।
पद्मशमशेरले जवाफ दिए– “हुन्छ जाओ।”

त्यो मौखिक जवाफ मात्रै थियो तर उनले मानिनन्। पद्मशमशेरले त्यो वाचामा ‘लालमोहर’ नै लगाउनुप‌¥यो। मङ्गलदेवीले आफ्नो एउटा संस्मरण सङ्ग्रह पुस्तक ‘नारी सङ्घर्षका पाइलाहरू’मा पद्मशमशेरसँगको उक्त कुराकानीलाई उल्लेख गरेकी छिन्।
त्यतिबेला नगरपालिकाको चुनाव भने भएन।

प्रकाशित मिति: : 2021-08-26 08:53:00

प्रतिकृया दिनुहोस्