प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। 

नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरकी छिन्। 

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ। पदावधि समाप्त हुने एक महिना अघि अर्थात् साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-27 18:08:00

प्रतिकृया दिनुहोस्