गायिका देविका बन्दनाको नयाँ गीत ‘परदेशी–२’ आईतबार (हिजो) सार्वजनिक भएको छ। भिडियोलाई देविका बन्दनाको युट्युव च्यानलबाट हेर्न सकिन्छ।
सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी,हीना मगर लगायतको अभिनय रहेको छ।
सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन छ।
भिडियोलाई दाजु भाइ कम्पनीले निर्माण गरेको हो। भिडियोकाे निर्देशक छेवाङ लामा हुन् भने केही समय अगाडि गायिका वन्दनाले ‘परदेशी’ ल्याएकी थिइन्।