गायक स्वरुप राज आचार्यको स्वर रहेको नयाँ गीत 'तिम्रै नग्मा' हिजो सार्वजनिक भएको छ। दीपक सिलवालको शब्द तथा संगीतमा रहेको गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र प्रिज्मा-प्रिन्सी खतिवडा लगायतको अभिनय रहेको छ।
भिडियो माइकल चन्दले निर्देशन गरेको हुन् भने भिडियोलाई एनाक्क्षी एन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिने छ।
किरण कँडेलको संगीत संयोजन र सिलम लम्सालले भिडियो सम्पादन गरेका हुन्।