पर्वत पहिरो अपडेट: अधिकांश सडक अवरुद्ध (फाेटाे फिचर)

पर्वतको कुश्मा नगरपालिकाका विभिन्न सात स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ।

ठाउँ-ठाउँमा गएको पहिरोका कारण शुक्रबारदेखि पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत पर्वतको पातिचौरदेखि कुश्मा सडक अवरुद्ध भएको हाे।

पहिरोले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको छ भने यात्रुहरु जोखिम मोलेर पहिरो छल्दै यात्रा गर्न बाध्य भएका छन्।

‘मुश्किल्ले दुई घण्टाको जोखिमपुर्ण बाटो पार गरियो। मैले दोस्रो जन्म पाएँ, करडौको ज्यान बच्यो’, भकिम्ले म्याग्दीका युवाराज थापा मगरले भने। बिहानैदेखि सडक अवरुद्ध भए पनि सम्बन्धित निकायले पहल नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

पहिरोमा पुरिएर हालम्म ११ जनाले ज्यान गुमाइसकेका छन्।

 

प्रकाशित मिति: : 2021-09-03 19:54:00

प्रतिकृया दिनुहोस्