नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो

File Photo
File Photo

नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ। प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो। विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ।

त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ। यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ।

दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ। माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन्। प्रहरी प्रधान कार्यालयले उक्त सूचना गाेरखापत्रमा प्रकाशित गरेकाे छ।  

प्रकाशित मिति: : 2021-09-10 09:22:00

प्रतिकृया दिनुहोस्