परमादेश सरकारलाई चारजनाले र्‍याइँर्‍याइँ घुमाएका छन् : ओली

फाइल तस्वीर
फाइल तस्वीर

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले नराम्रो काममात्रै गरेको आरोप लगाएका छन्। अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काममात्र गरेको ओलीको आरोप छ।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, 'कम्युनिस्ट सरकार ढाल्नुपर्छ। यसले विकास गर्‍यो भने प्रतिगमन हुन्छ भनेर अदालतको परमादेशबाट हटाइयो। हिम्मत छ जनादेशमा जान? यो परमादेशको सरकार हो। जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन। त्यसकारण चुनाव भनेपछि थरर्र काप्छन्,' उनले भने।

ओलीले चुनाव टारेर बनाएको सरकारको हविगत देखिएको उल्लेख गरे। 'सरकारको हविगत हेर्नुस् त दुई महिना बित्यो सरकार बनेन। मन्त्रिपरिषद् विस्तार भएन। दुई महिनादेखि तिनै चारजनाले र्‍याइँर्‍याइँ घुमाएका छन्। यो दुई महिना राम्रो केही गरेनन्। नराम्रोमात्रै गर्‍यो। पहिला सरकार बनाउन हाम्रो पार्टी फुटाइयो,' ओलीले भने।

प्रकाशित मिति: : 2021-09-14 17:19:00

प्रतिकृया दिनुहोस्