एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

File photo
File photo

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। एमालेले १५-१७  असोजमा विधान महाधिवेशनआयोजना गर्दैछ।

त्यसअघि एमालेले च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ। बिहान ११ बजे आयोजना हुने संविधान दिवस कार्यक्रमका प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन्। च्यासलमै साढे ११ बज पार्टी प्रवेश कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: : 2021-09-19 09:40:00

प्रतिकृया दिनुहोस्