गर्मीमा सजिलै पाइने फल हो नास्पती। प्रशस्त मात्रामा भिटामिन पाइने नास्पाति स्वादका लागि मात्रै होइन स्वास्थ्यको लागि पनि फाइदाजनक छ।यसमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम, फोस्फोरस लगायतका तत्वहरु पाइन्छ। गर्मीमा सितलता प्रदान गर्ने यस फल पत्थरी, कब्जियत लगायत धेरैको समस्या समाधान गर्छ।
नास्पतीका फाइदाहरु यस्ता छन्
तौल नियन्त्रण : नास्पतीको सेवन गर्नाले शरीरको तौल घटाउन सहगोग पुग्छ। यसमा फाइबर बढी पाइने भएकाले यसले भोक कम गराउँछ। जसले गर्दा तौल कम हुँदै जान्छ।
पाचन प्रणालीमा सुधार : नास्पतीको सेवनले पाचन प्रणालीमा सुधार ल्याउछ। यसको सेवनले अन्य खना पचाउन सहयोग पुर्याउछ।
कोलेस्ट्रोल कम गर्छ : नास्पतीको सेवनले कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ। यसमा पाइने पेक्टिन र फाइबरले हाम्रो शरीरको कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग गर्छ।
कब्जियत कम गर्ने : नास्पतीको सेवनले कब्जियत कम गर्न सहयोग गर्छ। यसमा पाइने पेक्टिनले दिशालाई राम्रो बनाउछ।
पत्थरी कम : नास्पतिमा सेवनले पथ्थरीको समस्या समाधान गर्न सहयोग गर्छ। यसमा मेलिक नामक तत्व पाइन्छ। यसले हाम्रो शरीरमा पत्थरी हुन दिदैन। मृगौलामा रहेका फोहोरलाई बाहिर निकाल्न सहयोग गर्छ।