१३ औं साफ च्याम्पियनसिप

भारतलाई पराजित गर्दै इतिहास रच्ने दाउमा नेपाल, किरण भन्छन्: गोर्खाली जसरी खेल्ने छौँ

Breaknlinks
Breaknlinks

माल्दिभ्समा जारी १३ औ संस्कारणको साफ च्यामपियनसिप फुटबल अन्तर्गत उपाधिका लागि नेपालले आज (शनिबार) चिरपरिचित प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ। मालेस्थित राष्ट्रिय रंगशालामा नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको रणनीतिमा नेपाली खेलाडीले जाेश, जागर र उच्च मनाेबलका साथ प्रतिस्पर्धमा उत्रिने तयारीमा छन्।

नेपालले आफ्नाे सुरूवाती दुई खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई १-० र श्रीलंकालाई २-१ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। तर, नेपालको अपराजित यात्रामा भारतसँगको १-० को हारले पूर्णविराम लागे पनि अन्तिम खेलमा बाङ्लादेशलाई १-१ गाेलकाे बराबरीमा राेक्दै नेपालले फाइनल यात्रा तय गरेको हो।

त्यस्तै २ खेलमा बाङ्लादेश र श्रीलंकासँग बराबरी गरेर निरासजनक सुरुवात गरेकाे भारत प्रतियोगिताबाटै बाहिरीने अवस्थामा पुगकाे थियाे।  भारत पनि नेपाललाई १-० गाेल तथा माल्दिभ्सलाई ३-१ गाेलले पराजित गर्दै शीर्ष स्थामा रहँदै फाइनल पुगकाे हाे। यस हिसाबले यी दुई (नेपाल र भारत) टाेली नै उपाधिकाे दाबेदार देखिन्छन्।

यसअघि नेपाल र भारतबीच २२ पटक प्रतिस्पर्धा भएकाे थियाे। जसमा भारतले १५ खेलमा जित निकालेकाे छ। भने, २ खेल नेपालले जित्दा ५ खेल बराबरीमा टुङ्गिएको थियो।

इतिहास हेर्ने हाे भने भारतकाे साफ च्याम्पियनमा राम्राे पकड रहेकाे छ। उसले सात पटकसम्म साफकाे उपाधि हात पारकाे छ। नेपालको भने सन् १९९३ मा तेस्रो स्थान प्राप्त गरेको थियो जसालाई अहिलेसम्मकै राम्राे प्रदर्शन मानिन्छ। त्यसयता नेपालले कुनै उपलब्धी हात पार्न सकेकाे छैन।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले विगत भूलेर उपाधि जित्नकाे लागि ज्यान दिएर लाग्ने बताएका छन्। 'हामीलाई विगत बिर्सिएर उपाधि हात पार्ने हिसाबले खेल्नेछाैँ', उनले भने,'हामीले गोर्खाली जस्तै भएर खेल प्रस्तुत गर्नेछौ।' यसरी नेपाल फाइनल जित्याे भने साफकाे इतिहासमा नेपालकाे पहिलाे उपाधि र सबै भन्दा ठूलाे सफलता हुनेछ। 

भारतका चर्चित स्ट्राईकर सुनिल क्षेत्रीले आक्रमक र रक्षात्मक हिसाबले नेपाल यस टोर्नमेन्टको सबैभन्दा राम्रा टिम भएकाे प्रतिक्रिया दिएका छन्। हुन पनि नेपाल फाइनल पुग्नका लागि भारत र वंगलादेशसँग सक्षात्मक खेलेर बराबरीमा राेक्ने सके पनि पुग्थ्याे।

त्यसैगरी भारतका प्रमुख प्रशिक्षक स्टिमाचले नेपाल र भारत एक आपसका चिरपरिचित प्रतिद्वन्दी भएको बताए। 'पछिल्ला दुई खेलले हामीलालाई विश्वस्त बनाएको छ, तर अति आत्मविश्वास लिएका छैनाैँ, ' उनले भनेका छन्। 

फाइनल खेलको रोचक पक्ष के छ भने नेपालका प्रशिक्षक अब्दुलाह अल्मुताइरी दुई पहेँलो कार्ड पाएकोले र भारतीय प्रशिक्षक स्टिमाचले अघिल्लो खेलमा रातो कार्ड पाएकोले दुवै जना टेक्निकल एरियामा रहेर खेलाडीलाई निर्देशन गर्न पाउने छैनन्। 

बंलादेशलाई बराबरीमा राेकेर फाइनल प्रवेशकाे ढाेका खाेल्नका लागि पेनाल्टी मार्फत खाेल गरेका नेपालका महत्वपूर्ण खेलाडी अन्जन विस्टले पनि फाइनल खेल गुमाएका छन्। उनले भारतविरुद्ध खेलमा र बंगलादेशविरुद्ध खेलमा गरी दुई पहेँलो कार्ड पाएका थिए।

भारतले फाइनल खेलमा डिफेन्डर शुभाशिस वोससहित २ राम्रा खेलाडी दुई पहेँलो कार्डका कारण गुमाएकाे छ।

साफकाे इतिहासमा २८ वर्षपछि पहिलाे पटक फाइनलमा पुगेकाे नेपाल फिफा वरियतामा १६८ औँ स्थानमा रहेकाे छ। भने, भारत १०७ औँ स्थानमा छ। यसहिसाबले पनि नेपालका लागि भारतलाई पराजित गरेर उपाधि जित्न सजिलाे भने हुने छैन। तर, पछिल्ला केही खेलमा निक्कै राम्राे प्रदर्शन गरेकाे नेपालले यसपटक भारतलाई हराएर इतिहास रच्दै उपाधि उचाल्ने ठूलाे सम्भावना छ। 

प्रकाशित मिति: : 2021-10-16 18:24:00

प्रतिकृया दिनुहोस्