गायिका विन्दु परियारको 'तिम्रै हुन पाऊँ' सार्वजनिक [भिडियो]

गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाऊँ' सार्वजनिक भएको छ। गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ।

उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
यस भिडियोलाई शान थापाले निर्देशन गरेका छन्।

राजीव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा विन्दु आफैँले अभिनय गरेकी छन्।

प्रकाशित मिति: : 2021-09-30 11:55:00

प्रतिकृया दिनुहोस्