आलु फ्रीजमा राख्नु स्वास्थ्यका लागि हानीकारक ! 

File photo
File photo

हामी कुनै पनि तरकारीलाई लामो समयसम्म सुरक्षित राख्नको फ्रिजमा राख्ने गर्छौ। तर केही चिज यस्ता हुन्छन् जुन फ्रिजमा राख्दा हाम्रो स्वास्थ्यमा नै नकारात्मक असर पर्न जान्छ। जसमा आलु पर्छ। 

आलुमा स्टार्च हुन्छ जब लामो समयसम्म आलुलाई फ्रिजमा राख्नु हुन्छ भने फ्रिजमा हुने चिसोको कारणले यो स्टार्च सुगरमा बदलिन्छ। अनि यो सुगर पनि खतरनाक केमिकलमा परिणत हुन जान्छ र यसको सेवन पनि कैयौं किसिमको क्यान्सरको कारण बन्न सक्छ। 

फुड स्टान्डर्ड एजेन्सी द्धारा गरिएको एक शोधको अनुसार यदी फ्रिजमा रहेको आलुलाई पकाउने हो भने आलुमा भएको सुगर कन्टेन्ट यसमा भएको एमिनो एसिड एस्परेगिनको साथमा मिलेर एक्राइलामाइड नामको केमिकल उत्पन्न हुन्छ। 

जसको प्रयोग पेपर बनाउन, प्लास्टिक बनाउन र कपडामा डाइ गर्न प्रयोग गरिन्छ। शोधमा यो कुरा पनि सावित भैसकेको छ जो व्यक्ति उच्च तापमा पाकेको स्टार्चवाला खाना खान्छ उसमा विभिन्न किसिमको क्यान्सर रोग लाग्ने अधिक सम्भावना हुन्छ। 

 

प्रकाशित मिति: : 2021-10-06 11:38:00

प्रतिकृया दिनुहोस्