‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
प्रेमीले विवाह गर्न नमानेको भन्दै काठमाडौँ वीर अस्पतालमा कार्यरत एक नर्सले केटाकै घरमा गएर आत्महत्या गरेकी छिन्।
३४ वर्षीया नर्स अनुमा श्रेष्ठले बोहोराटारस्थित प्रेमी डा.सुजन ढकालको घरमा गएर शनिबार अपराह्न ३ः५२ बजे आत्महत्या गरेको प्रहरी वृत बालाजुले बताएको छ।
प्रहरीकाअनुसार मृतक अनुमा डा.ढकालको घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। नर्स अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे।
अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको र उक्त डायरीमा अनुमाले आफ्नो जीवन भोगाइ, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेको प्रहरी परिसरले जनाएको छ।
स्थायी घर चितवन भएकी नर्स र स्थायी घर नुवाकोट भएका डाक्टर सुजन ढकाल लामो समयदेखि प्रेम सम्बन्धमा थिए। अनुमा सुजनको बोहोराटारस्थित घरमा समेत गएर बस्ने गरेकी थिइन्। तर, उनीहरूले विवाह भने गरेका थिएनन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया